थप समाचार मेनु
सबै मेनु

गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस

नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ ।

बिहीबार, बैशाख १४, २०८० ०८:२२

नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ ।

दुवै प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका कांग्रेस र माओवादीले सुरुमा आफ्नै नेतृत्व हुनुपर्ने अडान लिएपछि सरकार गठनमा समस्या देखिएको हो । दुवै प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो ।

६० सदस्यीय  गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् । यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ जना सांसदको समर्थन पर्छ ।

आज दिउँसो ४ बजेसम्म बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरिसक्नुपर्नेछ । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढालेपछि  माओवादीले सुरुमा कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो । 

(एजेन्सिको सहयोगमा) 

सम्बन्धित तस्बिरहरू