थप समाचार मेनु
सबै मेनु

दशैं लक्षित पश्चिम नेपालले पहाडी जिल्लामा एसी बसको सेवा दिने

शुक्रबार, असोज २६, २०८० १९:२८

हिन्दुहरुको महान पर्व दशै तिहारमा जन्मभूमि नपुग्ने बिरलै होलान् । सुरक्षित, बिना झन्झट घर पुग्ने इच्छा सबैको हुन्छ । यहीँ इच्छालाई पूरा गर्ने सोचका साथ नेपालका सबैभन्दा धेरै बस व्यवसायी रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले एसी बस सञ्चालनमा ल्याउँदै रहेको व्यवसायी जितेन्द्र खत्रीले बताए ।

करोडौंको लगानीमा बुटवल देखि गुल्मीको शान्तिपुर हुँदै बाग्लुङको बरेङका जनतालाई गुणस्तरीय, आरामदायी सेवा दिने हेतुले पूर्णवातानुकुलित हिमचुली मेट्रो एसी, पंखा, लाईट, टि भि, मोबाइल चार्जर लगाएत सेवा बसमा रहने र यो स्तरको सेवा यस क्षेत्रमा पहिलोपटक संचालनमा ल्याएको खत्रीले बताए ।

त्यस क्षेत्रमा यहीँ असोज २८ गतेदेखि हरेकदिन दोहोरो बस छ्ट्ने, यो बसमा यात्रा गर्दा टिकटको मूल्य राज्यले तोके बमोजिम रहेको खत्रीको भनाइ छ ।

(एजेन्सि) 

सम्बन्धित समाचार