थप समाचार मेनु
सबै मेनु

चीनले रुसलाई युद्ध सामाग्री उपलब्ध गराउँन लागेसँगै रुसी मूलका धातुको विश्वव्यापी ट्रेडिङमा प्रतिबन्ध लगाउने अमेरिका र बेलायतको घोषणा

अमेरिका र बेलायतले रुसी मूलका आल्मुनियम, तामा र निकेलजस्ता धातुको विश्वव्यापी मेटल एक्सचेन्ज र डेरिभेटिभ ्स ट्रेडिङमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

आइतबार, बैशाख २, २०८१ ११:०७

अमेरिका र बेलायतले रुसी मूलका आल्मुनियम, तामा र निकेलजस्ता धातुको विश्वव्यापी मेटल एक्सचेन्ज र डेरिभेटिभ ्स ट्रेडिङमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।


यो प्रतिबन्धले रुसलाई कडा असर पार्न सक्छ किनकि यो धातुको प्रमुख निर्यात हो, यद्यपि आलोचकहरूले यस कदमको प्रभावकारितामा शङ्का गरेका छन्। 

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले प्रतिबन्धले युक्रेनविरुद्ध जारी युद्धमा रुसी राजस्वलाई 'लक्षित' गर्ने बताएकी छन्।

उनले भनिन्, 'लक्षित र जिम्मेवार तरिकाले यो कदम चालेर हामी रुसको आम्दानी घटाउनेछौं र हाम्रा साझेदार र सहयोगीहरुलाई अवाञ्छित स्पिल–ओभर प्रभावबाट जोगाउनेछौं ।
बेलायतका चान्सलर जेरेमी हन्टले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध प्रयासलाई 'अक्षम' तुल्याउन सकेमात्र बेलायतले आफ्ना सहयोगीसँग मिलेर काम गर्न सक्ने बताएका छन् ।

युक्रेनमाथि रुसको आक्रमण दुई वर्षभन्दा बढी समयदेखि जारी रहेका बेला गत फेब्रुअरीमा जी–७ ले 'धातुबाट रुसको राजस्व घटाउने' प्रतिबद्धता व्यक्त गरेको थियो । 
यद्यपि बेलायती र अमेरिकी अधिकारीहरूले यस प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै आर्थिक प्रभाव नगण्य हुने बताएका छन्। 
अमेरिका र युरोपेली संघले युद्ध सुरु भएदेखि नै रुसको अर्थतन्त्र र सम्भ्रान्त वर्गमाथि प्रतिबन्ध लगाउँदै आएका छन्, देशबाहिर रहेको देशको केन्द्रीय बैंकको सम्पत्ति रोक्का गरेका छन् र यसका वित्तीय संस्थाहरूलाई स्विफ्ट बैंकिङ प्रणालीबाट बाहिर राखेका छन्।

यसअघि अमेरिका र बेलायतले रुसी सुन, ग्यास र हीरामाथि प्रतिबन्ध लगाएका थिए । 

अर्थदृशिती / समबादधता