थप समाचार मेनु
सबै मेनु

गण्डकी प्रदेशमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान

गण्डकी प्रदेशमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी ......

मंगलबार, बैशाख १२, २०८० १५:१५

गण्डकी प्रदेशमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गर्नुभएको छ  ।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश गर्न प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछी यही बैशाख ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।