थप समाचार मेनु
सबै मेनु

गण्डकी प्रदेशका मुख्यमन्त्री पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको हो । 

शनिबार, बैशाख ९, २०८० २१:१७

शनिबार, बैशाख ९, २०८० - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको हो । 
६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ मत पर्‍याे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।

आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो ।