थप समाचार मेनु
सबै मेनु

तनहुँ-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको दोब्बर मतको अग्रता

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले सोमबार बिहान १० बजे सम्म १०२५९ मत ल्याउँदै अग्रस्थानमा छन् । 

सोमबार, बैशाख ११, २०८० १०:१५

विश्वास खबर , तनहुँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले सोमबार बिहान १० बजे सम्म १०२५९ मत ल्याउँदै अग्रस्थानमा छन् । 

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले भने २७९७ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार हाल भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको मतगणना भइरहेको छ ।