थप समाचार मेनु
सबै मेनु

नेपालको 'ए' टिमले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने

नेपालको ‘ए’ टिमले आयरल्याण्डसँग टी-२० र एकदिवसीय सिरिज खेल्नेछ। ‍

बिहीबार, चैत १५, २०८०

बिस्वास खबर ,

विश्वकप क्रिकेटको अभ्यास खेलमा आज नेपाली ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग खेल्दैछ।त्रिवि मैदानमा खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ।आयरल्याण्डको सोही टिमसँग नेपाली राष्ट्रिय टिमले सोमबार र मंगलबार टी-२० खेलेको थियो। दुवै खेलमा नेपाली टिम विजयी भएको थियो।

राष्ट्रिय टिम अभ्यास खेलका लागि मंगलबार नै भारत प्रस्थान गरिसकेको छ।नेपालको ‘ए’ टिमले आयरल्याण्डसँग टी-२० र एकदिवसीय सिरिज खेल्नेछ। ‍आज, भोलि र १८ गते  टी-२० का खेल तथा  २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ।नेपाल क्रिकेट संघ (क्यान)ले ४० खेलाडीबाट छानेर आयरल्याण्डविरूद्ध खेल्ने ‘ए’ टिम घोषणा गरेको थियो।

 टी-२० खेल्ने नेपाली ‘ए’ टिममा टी-२० खेल्ने टिम ‘ए’ मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।

त्यस्तै एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्। एजेन्सी

सम्बन्धित समाचार