थप समाचार मेनु
सबै मेनु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग‘ब्रेक थ्रु’ फागुन २३ गते

मंगलबार, माघ २३, २०८० १6:३४

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने जानकारी  मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले दिएका हुन् ।

आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको र मुख्य सुरुङ २ ।६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको डुमरुले  बताए ।

उनले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए । डुमरुले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको बताए ।

उनले समग्र आयोजनाको भौतिक प्रगति ६८ ।५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताए । डुमरुले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको बताए । उनले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए । 

सम्बन्धित समाचार