थप समाचार मेनु
सबै मेनु

हिमालय सिमापारको १२ औं महाधिवेशन सम्पन्न नयाँ कार्यसमिति निर्वाचित

सोमबार, माघ २९, २०८० ०९:१५

विश्वास खवर।
नेपाल हिमालय सीमापार वाणिज्य संघको १२ औं महाधिवेशनबाट अध्यक्षमा रामहरि कार्की विजयी भएका छन। शनिबार उद्घाटन र आईतवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा कार्की ४३४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने  उनका प्रतिष्पर्धी लोप्साङ शेर्पाले ४२१ मत पाए।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गंगा बहादुर घिमिरे ( सागर) विजयी भएका छन् उनले ४४२ प्राप्त गर्दा उनका प्रतिष्पर्धी अर्जुन कार्कीले जम्मा ४०२ मत प्राप्त गरे। महासचिवमा रामचन्द्र पराजुली ४४३ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिष्पर्धी भक्तबहादुर पराजुलीले भने ३९१ मत मात्रै पाए ।
सचिवमा क्रमशः विकास प्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ विजयी भएका छन् । संघको प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत (सिद्धान्त) र सह कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्यानलसहित निर्वाचनमा होमिएका अध्यक्ष कार्की समुहबाट अध्यक्षसहित महासचिव पराजुली सचिवत्रय रिसाल, श्रेष्ठ र राउत विजयी भए भने अर्को खेमाबाट वरिष्ठ उपाध्यक्ष घिमिरे र सचिवमा आङदोर्जे विजयी भए । अध्यक्षका उम्मेदवार शेर्पा भने प्यानलबिना नै निर्वाचनमा होमिएका थिए।

सम्बन्धित तस्बिरहरू
हिमालय सिमापारको १२ औं महाधिवेशन सम्पन्न नयाँ कार्यसमिति निर्वाचित
सम्बन्धित समाचार