थप समाचार मेनु
सबै मेनु

बाढि पीडितका जायज माग प्रती एमाले साथमा छ: पाण्डे सुनुवाइ नभए थप आन्दोलन गर्न बाध्य हुन्छौं स्थानीय

शुक्रबार, फागुन ४, २०८० २१:३२

विश्वास खवर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेलम्ची अयोजना तथा बाढी  प्रभावित  स्थानीयको जायज माग पूरा गर्न एमाले सदैव साथमा रहेको बताएका छन। नेकपा एमालेको खानेपानी बिभाग द्वारा शुक्रवार मेलम्ची खानेपानीको मुहान स्थल अवलोकनका क्रममा हेलम्बु पुगेका पाण्डेले मेलम्ची खानेपानी तथा बाढी पिडित संघर्ष समिति र मेलम्ची तथा  हेलम्बु एमालेको  ज्ञापनपत्र बुझ्दै एमाले  प्रतिपक्षमा भएपनि  सरकारसंगै रहेकाले यहाँका स्थानीयका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने बताए। एमाले मुलुकको एउटा जिम्मेवार राजनीतिक शक्ति भएकाले स्थानीयको जायज मागका सन्दर्भमा हाम्रो पार्टी सदैव साथमा छ। मेलम्ची खानेपानी तथा बाढी प्रभावित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाँइले मेलम्ची खानेपानी आयोजनाले मकिङको उचित व्यस्थापन नगरेको गुनासो गरे । उनले बाढी पिडितको माग सम्बोधन गर्दै यहाँका विकास निमार्णका काममा सरकारले ध्यान दिनुपर्नेमा ठिलासुस्ती र राज्यको जनताको सुखदुःखमा सरकारको चासो हुनुपर्नेमा राज्यले पीडित जतनाको बिषयमा चासो नदिएको बताए। आन्दोलन रहर होईन हाम्रो बाध्यता हो उनी भन्छन हेलम्बु बाढी पिडितका जायज माग सम्बोधन नगर्दा सम्म थप रचनात्मक र आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्दै अगाडी बढ्छौ र कुनै क्षती भए राज्यले जिम्मेवारी लिनुपर्छ। हेलम्बु गाउँपालिका –१ अम्बाथान स्थित मेलम्ची खानेपानीको मुहानस्थलको स्थलगत  अवलोकनमा  नेकपा एमाले केन्द्रिय  खानेपानी तथा सरसफाइ बिभागका प्रमुख बिमला घिमिरे लगायत टोलि हेलम्बु शुक्रबार अम्बाथान पुगेको थियो । अवलोकनको उदेश्यबारे जानकारी गराउनु हुँदै घिमिरेले  मेलम्ची खानेपानी दिर्घकालिन रुपमा  गर्नुपर्ने काम, स्थानियको समस्या र भावनाको सम्बोधन गर्न सकिने बुझाई सहित हामिले कार्यक्रम बनाएका हौ। मेलम्ची खानेपानी लाई दिगो हिसाबले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो पार्टी संगै सरकारको पनि ध्यानाकर्षण गराउने बताईन। उक्त टोलीमा प्रमुख घिमिरे पार्टी उपाध्यक्ष पाण्डे, एमालेबाट निर्वाचित संघिय र प्रदेशका सांसद, पुर्व मन्त्री शेरबहादुर तामाङ केन्द्रिय अनुशासन आयोग सदस्य डम्बरबहादुर अर्याल लगयात एमालेका केन्द्रिय, प्रदेश र जिल्ला स्तरिय नेताहरु सहभागीता रहेको थियो । 

सम्बन्धित तस्बिरहरू
सम्बन्धित समाचार