थप समाचार मेनु
सबै मेनु

परीयोजनाको दुरदर्शिता र महत्त्व नबुझ्नेले धरहराको बिरोध गरे: पोखरेल

बुधबार, माघ २४, २०८० १८:५6

विश्वास खवर।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहराको बिषयमा अनावश्यक टिप्पणी भएको बताएका छन। उनले धरहराको निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको र बाकी परियोजना सरकार परिवर्तन भएपछि काम गर्न नसकेको र महत्त्व नदिएका कारण कार्य सम्पन्न नभएको जिकिर गरेका छन। सामाजिक संजाल मार्फत उनी लेख्छन।
 धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो । पहिलो पुरानो धरहराको वचेको भागलाई परदर्शी शिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो तेसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने । चौथो भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिवेलै सम्पन्न भइसकेको छ । अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ ।
यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।

सम्बन्धित समाचार