थप समाचार मेनु
सबै मेनु

हिउँपहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजीमा कठिनाइ

मुगुमा हिउँपहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजीमा कठिनाइ भइरहेको छ ।

सोमबार, बैशाख २५, २०८० ०८:३6

मुगुमा हिउँपहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजीमा कठिनाइ भइरहेको छ ।एको शुक्रवार मुगुको कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्ला पातारासी–२ तल्फी गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहोरा हिउँपहिरोमा परेका हुन् ।

खोजी तथा उद्धार टोली अझै घटनास्थल पुग्न सकेको छैन । टोली घटनास्थल पुग्न अझै समय लाग्ने मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार आज बल्ल सुर्खेतबाट सेना र प्रहरीसहितको उद्धार टोलीलाई हेलिकप्टरमार्फत् घटनास्थलतर्फ पठाइँदै छ । तर, घटनास्थलसम्म हेलिकप्टर पुग्ने सम्भावना छैन ।

हेलिकप्टरबाट २७ किलोमिटर वर नै १४–१५ जनाको खोजी तथा उद्धारको टोली पुग्ने र त्यहाँबाट हिउँ पन्छाउँदै घटनास्थलतर्फ जाने थापाले जानकारी दिनुभयो । विकटसँगै हिउँ नै हिउँले ढाकिएकाे ठाउँ भएकाले उद्धार टोली पुग्न पनि कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो । गएको शुक्रवारकै घटना भए पनि अस्ति शनिवार बेलुकी मात्रै जिल्ला प्रशासन कार्यालयले उनीहरु बेपत्ता भएकाबारे जानकारी पाएको थियो ।
(उज्यालो अनलाईन बाट) 

सम्बन्धित तस्बिरहरू