थप समाचार मेनु
सबै मेनु

कर्णालीमा यस पटक शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडिनै पाठ्यपुस्तक

कर्णालीका हिमाली जिल्लाहरुमा यस पटक नयाँ शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडि नै नयाँ पाठ्यपुस्तक आइपुगेको छ ।

मंगलबार, बैशाख ५, २०८० १३:२१

कर्णालीका हिमाली जिल्लाहरुमा यस पटक नयाँ शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडि नै नयाँ पाठ्यपुस्तक आइपुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतसम्म सामाग्री पुर्याएपछी जिल्ला  शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला र पालिका सम्म नयाँ पाठ्यपुस्तक पुर्याउन लागेको थियो । 

जुम्ला, हुम्ला र मुगूमा यस पटक पठनपाठन सुरु नहुँदै नयाँ पाठ्यपुस्तक आइपुगेको छ । केहि  पालिकासम्म भने पाठ्यपुस्तक पुर्याउने काम भैइरहेको पालिकाहरुले जानकारी दिरका छन ।

 सामुदायिक विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन सकेर भर्ना अभियान थालेका छन् ।  विद्यार्थीलाई भर्ना भएकै दिन किताब वितरण गर्ने तयारी भएको गाउँपालिका श्रोतले बताएको छ ।
 

सम्बन्धित तस्बिरहरू
कर्णालीमा यस पटक  शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडिनै पाठ्यपुस्तक