थप समाचार मेनु
सबै मेनु

कर्णालीका मुख्यमन्त्रीले तेश्रो पटक विश्वासकाे मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार तेश्रो पटक प्रदेश सभामा विश्वासकाे मत लिन लाग्नुभएको छ ।

आइतबार, बैशाख १०, २०८० १९:५७

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार तेश्रो पटक प्रदेश सभामा विश्वासकाे मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री शर्माले आईतबार प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने पत्र दर्ता गराउनुभएको हो ।

 यसअघि मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो र शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

सत्ता गठबन्धन फेरिएपछी चैत २७ गते नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो । हाल कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भइसकेको छ उहाँले कांग्रेसको समर्थनमा पुन बिश्वसको मत पाउने देखिएको छ ।