थप समाचार मेनु
सबै मेनु

डडेलधुरामा हैजा देखियो

डडेलधुराको परशुराम नगरपालिकामा हैजा भेटिएको हो।परशुराम  नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो  । उहाँका अनुसार गएको वैशाखको अन्तिम हप्ता त्यहाँ झाडापखाला फैलिएको थियो ।

एक सय ५० जनाभन्दा धेरै बिरामी परेका थिए ।  झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको थियो । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको हो । शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरले बताएका छन् । अहिले भने झाडापखाला नियन्त्रणमा आएको छ । तर, हैजासमेत देखिएकाले जोखिम उस्तै छ । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।

सम्बन्धित तस्बिरहरू