थप समाचार मेनु
सबै मेनु

प्रधानमन्त्रीले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने

प्रधानमन्त्रीले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा यस्ताे घोषणा गरेका हुन् ।

शनिबार, असोज २०, २०८० १०:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले भूकम्पपीडितालाई नगद उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्रीले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा यस्ताे घोषणा गरेका हुन् ।

पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।

तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए।

गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो। 
(एजेन्सिको सहयोगमा)