थप समाचार मेनु
सबै मेनु

बझाङमा भुकम्पको धक्का महशुस

शनिबार, पौष २८, २०८० ०७:०५

बिश्वास खबर बझाङ।
हिजो राति ११:३२ बजे बझाङको पातालचौर आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मध्यरातमा भूकम्प गएपछि स्थानीयहरू त्रसित हुँदै खुला चौरमा निस्किएका थिए। उक्त ठाउँमा असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ।