थप समाचार मेनु
सबै मेनु

भोजपुरबाट धरान आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु सात जना गम्भीर घाइते

बिहीबार, चैत १, २०८० १२:१३

भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

उदयपुरको वेलका नगरपालिका–७ स्थित उदयपुर र भोजपुर जोड्ने चुहार पुल जाने ओरालो सडकमा को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। 

बिहीबार बिहान करिब साढे १० बजेतिर भएको दुर्घटनामा थप सात जना गम्भीर घाइते छन्।

सडकबाट चार वटा मोडहरू समेत कटेर जिप खोँचमा खसेका कारण उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा उद्धार कार्यमा खटिएका स्थानीयका अनुसार जिपमा सात जना जति मानिसहरू च्यापिएका छन्।
केही यात्रु जिपले नै थिचिएका छन् र उद्धार गर्न कठिनाइ भइरहेका उनिहरुले बताएका छन्। 

दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।

 दुर्घटनास्थलमा प्रहरी पुगिसके पनि उद्धार गर्न सकेको छैन।

दुर्घटनामा जिपबाट उछिट्टिएका पाँच जना जति घाइतेहरूलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि लगिएको छ। जिपमा एउटै घरका चार जनासहित १४ जना यात्रु रहेको खुलेको छ। 

सम्बन्धित समाचार