थप समाचार मेनु
सबै मेनु

चट्याङले लागेर पाँचथरमा गएराति एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

बुधबार, चैत ७, २०८० १२:१८

 चट्याङले लागेर पाँचथरमा गएराति एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत थिए ।

गएराति ११ बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको र चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए ।