थप समाचार मेनु
सबै मेनु

उदयपुर सिमेन्ट कारखानाको संचालनमा ल्याउने: प्रधानमन्त्रीले गरे अबलोकन

शनिबार, माघ २०, २०८० २०:३०

विश्वास खवर।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उदयपुर सिमेन्ट उद्योगको मुख्य पूर्वाधार र समस्याको मूल प्रकृति के रहेछ भन्ने बिषयमा जानकारी लिएका छन। उक्त उद्योग बचाउने र पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ, नीतिगत रुपमा संचालनका निम्ती पहल गर्ने भएको छ।
उक्त स्थानमा उदयपुर सिमेन्टका लागि आवश्यक पर्ने चुनढुङ्गा पर्याप्त रहेको छ। हालसम्म उक्त उद्योगको १५ प्रतिशत मात्र प्रयोग भएको छ। उद्योग सञ्चालनको मुल पुँजी चुनढुङ्गा हो। खानीबाट उद्योगसम्म चुनढुङ्गा ल्याउन बनाइएको रोप-वे महत्त्वपूर्ण पूर्वाधार हो । यी पूर्वाधार उद्योग पूर्णरूपमा सञ्चालन गर्ने महत्त्वपूर्ण आधारहरू रहेका छन।