थप समाचार मेनु
सबै मेनु

पूर्वउपराष्ट्रपतिका सल्लाहकारको चिनियाँ सुन तस्करसँग साँठगाँठ, मुद्दा चलाउन सिफारिस

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले गरेको जाँचमा यो तथ्य फेला परेको थियो ।

शुक्रबार, चैत २, २०८०

बिस्वास खबर  । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको चिनियाँ सुन तस्करसँग निकट सम्बन्ध देखिएको छ ।भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला परेको हो ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले गरेको जाँचमा यो तथ्य फेला परेको थियो ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत फेला परेको छ ।

यसपछि आयोगले गुरुङ र महरालाई समेत सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरेको छ । गुरुङलाई विमानस्थल भन्सारको सिफारिसमा सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो । भन्सारले अनुसन्धान गरेर उनीविरुद्ध रायसहितको प्रतिवेदन अदालतमा बुझाएको छ । गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।