थप समाचार मेनु
सबै मेनु

सहकारी प्रकरणबारे कांग्रेसलाई रविको प्रतिक्रिया : संसद्‌मा उभिएर एक–एक जवाफ दिन्छु

गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा कांग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ ।

शुक्रबार, चैत २, २०८० १३:००

बिस्वास खबर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा कांग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् ।

कांग्रेसको अडानबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्‌मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुन् । ‘संसदमा केही माननीयहरूले प्रश्न उठाउनुभएको थाहा पाएँ, सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘तर प्रश्न उठाइसकेपछि जवाफ दिन कुनै कठिनाइ छैन । सभामुखज्यूबाट रुलिङ भएको खण्डमा म कुनै पनि बेला उपस्थित भएर जवाफ दिन्छु ।’ एजेन्सी