थप समाचार मेनु
सबै मेनु

पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु

जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ ।

आइतबार, बैशाख २४, २०८० ११:००

जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित तस्बिरहरू