थप समाचार मेनु
सबै मेनु

ए. समाजवादीले टुंग्यायो इलाम र बझाङको उम्मेदवार

बुधबार, चैत १४, २०८० १३:१८

एकीकृत समाजवादीको आज बसेको बैठकले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा १ सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।
एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै, बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।

राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा (एमाले) का कुशबहादुर थेवेसँग पराजित भएका थिए।