थप समाचार मेनु
सबै मेनु

हुम्ला जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव

बिकट जिल्ला हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ ।

आइतबार, चैत १९, २०७९ १०:३०

humla-hospital

विश्वास खबर  , बिकट जिल्ला हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव छ, औषधी नहुँदा सामान्य र जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा लगभ ग १०० प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ‘जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो’, एक अधिकारिले भने । जिल्ला स्वास्थ्य कार्यालयका  प्रेम  सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइ नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । १५ शैंयाको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।