थप समाचार मेनु
सबै मेनु

नेपालले आयरल्यान्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए।यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। 

मंगलबार, चैत १३, २०८०

बिस्वास खबर ,
दोस्रो टी-२० खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई  १९९ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन बनायो।नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए।यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। 

कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए। अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे। 

बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए। बेन ह्वाइटले २ विकेट हात पारे।नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम यसैसाता भारत जानेछ।कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ। एजेन्सी

सम्बन्धित समाचार