थप समाचार मेनु
सबै मेनु

नयाँ सरकारलाई काँध फेर्ने छुट छैन : महेश बर्तौला

‘यो सरकारलाई लुलो हुने छुट छैन, यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन ।

बिहीबार, फागुन २४, २०८०

बिस्वास खबर  । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले यो सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले देश र जनताको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्ने बताए ।

‘यो सरकारलाई लुलो हुने छुट छैन, यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन । यो सरकारले समग्र देशको हितको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने, ‘हिड्दाहिँड्दै काँध गल्यो भने पनि कााँध फेर्ने छुट यो सरकारलाई छैन । हिड्दाहिँड्दै आफ्नै भारीले थिचिने वातावरण बनाउने अवस्था छैन ।’एमालेसहितको सहभागितामा नयाँ सरकार बनेपछि एमााले सत्तापक्षको आसनमा पुगेको भन्दै उनले आसन परिवर्तन भए पनि देशप्रतिको जवाफदेहिता र जनताप्रतिको कर्तव्य परिवर्तन नभएको बताए ।

‘हाम्रा आसनहरु परिवर्तन भएका छन् । भूमिका फेरिएको छ । तर देशप्रतिको जवाफदेहिता र जनताप्रतिको कर्तव्य परिवर्तन भएको छैन । हामीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’, उनले भने ।