थप समाचार मेनु
सबै मेनु

जोनाङ परम्परा के हो ? सामान्य चर्चा

बौद्ध दर्शन खोज तथा अनुसन्धानकर्ता - बिजय पौडेल

आइतबार, फागुन २७, २०८०

जोनाङ  परम्परा र संप्रदायको बारेमा महायानी वज्रयाना भित्र खास चर्चा भएको कम  सुनिनछन् । कतीले जोनाङलाई यो सानो समूह हो र आफूलाई फ़रक देखाउन ल्याइएको परम्परा भन्ने बुझाई राख्दछन् । कतीले त नाम पनी सुनेका छैनन । वज्रयाना भित्र निगमा , कग्यू , गेलुक र शाक्य परम्पराको चर्चा व्यापक हून्छ । जोनाङ , रिमे र वोन परम्पराको विषयमा खास सुनीदैन । आज  जोनाङ परम्पराबारे सानो चर्चा गरौ । 

यसको संस्थापक आचार्य कुनपाङ थुक्जे सोन्ड्रुले जसलाई जोनाङ नामले चिनिन्छन । १३ औं शताब्दीमा तिब्बतको जोमोनाङ उपत्यकामा उनी बसोबास गर्न थाले र कुनपाङ थुक्जे सोन्ड्रुलाई जोनाङ नामले प्रसिद्ध भए । यो परम्पराको सुरूवत यस्तों मानिन्छ बुद्ध शाक्यमुनिले सिकाउनुभएको धर्मचक्र ज्ञान केवल भक्तहरूलाई मात्र प्रसारित गरिएको थियो , जसले यो गहन शिक्षा/ ज्ञान आफ़नो मस्तिष्कमा राख्न सकेका थिए उनीहरुको लागि परिपक्व मानिन्थ्यों । यी शिक्षाहरूको आधारमा, बुद्ध शाक्यमुनि बोधिसत्व मैत्रेयले निम्न पाँचवटा महान ग्रंथहरू निर्माण भयो ।

स्पष्ट अनुभूतिको आभूषण - अभिसमयसूत्रलंकार शास्त्र 

महायान सूत्रको आभूषण - महायानसूत्रलंकार शास्त्र

मध्यलाई चरमबाट छुट्याउने - महाधन्यतवियोग शास्त्र 

धर्म र धर्मताको भिन्नता - धर्म ,धर्ममता , विभाग  शास्त्र

उदात्त निरंतरता -  उत्तरतंत्र शास्त्र

यी ग्रन्थहरू जसले १२ वर्षसम्म गुफामा ध्यान गरेपछि मैत्रेयको दर्शन गरेका आचार्य असांगा हूदै यो भारतवर्षका गुरुहरू जस्तै वासुबन्धु, साराहा र गंगामैत्री र अन्य गुरुहरु माझ आएको थियो। ११ औं शताब्दीमा अनुवादक जि लोत्सावा गवे दोर्जे र त्सेन खावोचे ड्रिमे शेराब मार्फत भोटमा यी ग्रन्ध भित्रिएको  थियो, र १४ औं शताब्दीमा सर्वज्ञ डोल्पोपा शेराब ग्याल्त्सेनलाई एक अखंड रेखामा सारिएको थियो भने १३ औं शताब्दीमा तिब्बतको जोमोनाङ उपत्यकामा बसोबास गर्न थालेका आचार्य कुनपाङ थुक्जे सोन्ड्रुलाई जोनाङले थप प्रवर्द्धन गरे । उल्लेखित तथ्यबाट् पनी यो परम्परा अरु परम्परा जस्तै नालंदा विश्व विद्यालय हूँदै आएको कुरा प्रष्ट हुँन्छ ।

जोनाङको बारेमा अहिले थोरै मानिसहरूलाई थाहा हुनुको एउटा कारण हो कि उनीहरू १९५९ तिब्बती प्रशासनले आफ़ना मौलिक र ऐतिहासिक परम्पराहरू दर्ता गर्न थाल्यो त्यो समयमा यो सम्प्रदाय वा परम्परा मन्नेहरु तिब्बत बाट निर्वासनमा रहेकाले जोनाङहरू अनुपस्थित थिए। 

यो १९९०  सम्म दर्ता थिएन र पहिलो जोनाङ भिक्षुहरू तिब्बतमा आउन थाले त्यसबेलादेखि उनीहरूले तिब्बती प्रशासनलाई आफ्नो परम्परालाई न्इङ्मा, काग्यु, शाक्य, गेलुग र बोन परम्पराहरू जस्तै समान सम्मानको योग्यको रूपमा मान्यता दिन अनुरोध गर्दै आएका छन्। यस सन्दर्भमा ठूलो प्रगति भएको भए पनि दुर्भाग्यवश यो काम अझै पूरा हुन सकेको छैन।

जोनाङ परम्परा आज संसारमा धेरै महत्त्वपूर्ण छ किन दुई कारणहरू छन्:

सबैभन्दा पहिलो - झेन्टोङ मध्यमाका दर्शनलाई धेरै भन्दा धेरै बुझेका तिब्बती गुरुहरूले उच्चतम दृष्टिकोणको रूपमा मान्यता दिएका छन्। यो अनौठो सिद्धान्तलाई जोड दिने र यसको वंशलाई समर्थन गर्ने पाँच प्रमुख तिब्बती बौद्ध विद्यालयहरूमध्ये जोनाङ एक मात्र हो।

दोस्रो - कालचक्र तन्त्र तिब्बती बौद्ध धर्म भित्रको सबैभन्दा व्यापक र प्रभावकारी प्रणाली हो। जोनाङ एक मात्र परम्परा हो जसले सम्पूर्ण कालचक्र प्रणालीलाई समाहित गर्दछ, जसमा "छ वज्र योग" भनेर चिनिने अद्वितीय समापन अभ्यास पनि समावेश छ।

जोनाङहरू यी दुई महत्वपूर्ण वंशका मूल धारक हुनाले जोनाङ परम्परा महत्त्वपूर्ण छ । यस्को प्रवर्द्धन गरी समरक्षण गर्न जरुरी देखींन्छ । यो लोभ उन्मुख परम्परा भएकाले  बेलामा ध्यान नसके यो आध्यात्मिक प्रणालीहरूको अपूरणीय क्षति हुने पक्का छ ।
श्रोत - जोनाङ उपत्यका तिब्बत , विभिन्न बेबसाइटहरु , तिब्बत बौद्दीस्ट रीमे अध्याय केंद्र , जोनाङकाल चक्र अनुसार

सम्बन्धित तस्बिरहरू