थप समाचार मेनु
सबै मेनु

पैसा लुकाउने जागिर पाएकाको कथा

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ। 

मंगलबार, फागुन ८, २०८०

विश्वास  खबर ,
प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म 'महाजात्रा' को टिजर सार्वजनिक गरिएको छ।मंगलबार ओएसआर डिजिटलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ। पैसा लुकाउने जागिर पाउने कलाकार हुन् विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रविन्द्र झा।

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ। 

षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।


https://youtu.be/IaJN-pV7cHg

यो फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुनेछ।